कपिलवस्तु १० जेठ । कपिलवस्तुको बाणगंगा ६ कोपवा सुठौली स्थित वाणगंगा नदीवाट रातीको समयमा बालुवा चोरी गर्दै गर्दा लु ४ त ११२२ नम्वरको टेक्टर गयराती पक्राउ परेको छ । हरेक दिन रातीको समयमा चोरीमा संलग्न हुदै आएको उक्त टेक्टर स्थानीय ज्ञान वहादुर चौधरीको रहेको वताइएको छ। चौधरीले पेशेवर रुपमा नदी जन्य पदार्थ चोरी गर्दै आएका थिए । कोपवा स्थित प्रहरी चौकीलाई सेटिङ मिलाएर चोरी गर्ने गरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यलय तौलिहवामा गरेको सुराकीका आधारमा डिएसपी जेसिशाहको नेतृत्वमा आएको टोलीले वालुवा चोरी गरेकै बखत पक्राउ गरेको वताइएको छ ।
रातीको समयमा चोरी गरेर सुठौली स्थित चौरमा विना अनुमति संचालित डम्पीङ साइटमा वालुवा थुपार्ने काम टेक्टर धनी ज्ञान बहादुरले गर्दै आएका थिए । चोरी गर्ने पेशालाई निर्वाध रुपमा चलाएपनि अहिले सम्म चौधरी माथि कुनै कारवाही भएको छैन । उनले सुठौली चौरमा वागेश्वरी सामुदायिक बन नजिक क्रेसर तर्फ जाने वाटोको पश्चिममा उक्त अबैध डम्पीङ संचालनमा ल्याएका छन् । उक्त डम्पीङवारे स्थानीयले प्रेसपाटीलाई जानकारी दिदै प्रहरी र स्थानीय सरकारलाई नियन्त्रणमा लिन समेत माग गरेकाछन् ।
यता इलाका प्रहरी कार्यलय पिपराका निरिक्षक दिपक वावु केसीले जिल्लाको टोलीले रंगेहात पक्राउ गरि इलाकामा वालुवा सहितको टेक्टर पठाएको वताउनु भयो । पटक पटक चोरीमा संलग्न भएको पाइएमा कडा कारवाही हुने वताउदै अबैध डम्पीङ खोजी गरेर नियन्त्रणमा लिने केसीले वताउनु भयो । चुनावको मौका पारेर रातीको समयमा निरन्तर चोरी गरेर १५० ट्रली वढी वालुवा डम्पीङ गरेर थुपारेको स्थानीयको भनाइछ । उक्त टेक्टर चौथो पटक पक्राउ परेको हो । यस अघि ३ पटक चोरीमा संलग्न भएकै बखत पक्राउ परेपनि भनसुन र जरिवाना तिरेर छुट्दै आएको थियो ।
१० जेष्ठ २०७९, मंगलबार








प्रतिक्रिया