प्रदेश

श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन



काठमाडौं, १० जेठ । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको मङ्गलबार बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो ।

सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । उजुरी नपरेका १८ जनाको नाम यसअघि नै अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । प्रस्तावित दुवै राजदूतमाथिको उजुरीमा औचित्य नदेखिएकाले बैठकले सर्वसम्मतिले अनुमोदन गरेको उहाँले सुनाउनुभयो । राजदूतको नाम अनुमोदनमा उपस्थित शतप्रतिशत सांसदले छलफलमा भाग लिई अनुमोदन गरेको हो ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६