बाणगंगा, १० जेठ ।
बैशाख ३० गते सकिएको स्थानिय तहको निर्वाचनपछि बाणगंगा नगरपालिका नगरकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा बसेको ११५ औँ तथा स्थानिय तहको निर्वाचन पछिको बैठकले बिभिन्न निर्णय समेत गरेको छ ।
बैठकले स्थानिय तहको निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रहरी, प्रशासन, शिक्षक, नगर कर्मचारी, उम्मेदवार, पत्रकार तथा नगरबासीलाई धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले आर्थिक बर्ष २०७८\७९ मा सम्झौता नभएका योजना भए तत्काल सम्झौता गर्नुका साथै सम्झौता भइसकेका योजनाहरु तत्काल सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिने निर्णय प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
बैठकमा नगर प्रमुख चक्र अर्याल, उप प्रमुख रिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरुसहित कर्मचारीको सहभागिता रहको थियो । थप कार्यपालिकाको सदस्यका लागी जेठ १५ गते चुनाव हुदैछ । साथै उक्त अवसरमा मेयर चक्र अर्यालले बाणगंगाको बिकासले गति लिने र नगरबासीमाझ गरीएका प्रतिबद्धताहरु पुरा गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । निणर्यको पुर्ण पाठ भोलिमात्रै आउने ।
प्रतिक्रिया