कपिलवस्तु, १२ जेठ ।
कपिलवस्तुका अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक चौधरीको निधन भएको छ । जिल्लाका सितोरियो कराँते खेलका अन्तर्राष्ट्रिय खेलाडी तथा स्वयंसेवक प्रशिक्षक चौधरीको दुर्घटनामा परि निधन भएको हो । नेपाल खेलकुद महासघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण देवकोटाले प्रशिक्षण गराउन जादै गर्दा दुर्घटनामा परि बुधबार चौधरीको निधन भएको फेसबुकमार्फत् जानकारी गराउनु भएको छ ।
बुधवार विहान करिब ५ बजेको समयमा गौतम बुद्ध माध्यामिक विद्यालय गोरुसींगेमा प्रशिक्षण गराउ जाँदै गर्दा उनि दुर्घटनामा परेका थिए । उनलाई उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताईएको छ ।
यस्तै नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मिन प्रसाद पोख्रेले चौधरीको अकल्पनीय निधनले आफूहरुलाई स्तब्ध बनाएको बताउनु भयो । उहाँले भन्नुभयो भोलिन्टियर कोच अन्तर्गत कपिलवस्तु जिल्लाका जिल्ला कराँते संघका सदस्य अशोक थारूको स्वर्गारोहणवाट हामी सम्पूर्ण लुम्बिनी प्रदेश कराते परिवार स्तब्ध भएका छौं ।
प्रतिक्रिया