काठमाण्डौ, १३ जेठ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति स्तरहीन भएको बताएपछि एमाले सांसदले बैठक अवरुद्ध पारेका हुन् ।
हिजोको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रम गठबन्धनको अस्थिर घोषणा पत्र भएको भन्दै टिप्पणी गर्नु भएको थियो । यस्तै, उहाँले सरकार कमिसनको खेलमा लाग्दा मूल्यवृद्धि भएको पनि आरोप लगाउनु भएको थियो । उहाँको यो आरोपलाई मन्त्री बडुले स्तरहीन भनेपछि संसदमा हङ्गामा भएको हो ।
एमाले सांसदले ओलीमाथिकोे यो टिप्पणी रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् । एमालेको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
प्रतिक्रिया