प्रदेश

चितवनमा ग्याँस बुलेटमा आगलागी



चितवन, १३ जेठ । चितवनको नारायणगढ–मुग्लिनको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगो नियन्त्रणमा आएको छ ।नेपाली सेना, प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले बताए ।
बुलेटको क्याविन र अगाडिको टायर क्षति भएको छ । सो ग्याँस बुलेट भारतको उडिसास्थित पैरवी ग्याँस कम्पनीबाट धादिङस्थित श्रीराम ग्याँस उद्योगको लागि ल्याएको र ग्याँस भने सुरक्षित रहेको प्रहरीले बताए ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा दिउँसो १ बजेतिर आगलागी भएको थियो । बुलेटमा लागेको आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको थियो ।

आगो नियन्त्रणमा लिएपछि दिउँसो २ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६