काठमाण्डौ, १३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सांसद राजेन्द्र महतोले काठमाण्डौ महानरगपालिकामा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको सङ्केत भएको बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाण्डौमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको सङ्केत भएको बताउनुभएको हो । जनताले परिवर्तन खाजेको भए पनि राजनीतिक दलहरूले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
सांसद महतोले भन्नुभयो, ‘काठमाण्डौमा बालेन साह के हो रु परिवर्तनको सङ्केत हो । जनताले खोजेको परिवर्तन, त्यो सङ्केत हो । आज म काठमाण्डौवासीलाई यही मञ्चबाट बधाई दिन्छु, परिवर्तनको सङ्केत बालेन साहलाई बधाई दिन चाहन्छु । परिवर्तनको सङ्केत हो त्यो, अरू केही होइन ।’
सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली जनताले खोजेको समृद्धि र विकासलाई सरकार चलाउनेहरूले सत्ता र कुर्सीमा सीमित गरेको आरोप लगाउनुभयो । सांसद महतोले नेपालमा लोकतन्त्रको दुरुपयोग भएकोले अब सोच्ने बेला आएको बताउनुभयो ।
प्रतिक्रिया