काठमाडौं, १४ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया