प्रदेश

प्रेस यूनियन कपिलवस्तुद्धारा बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री



तौलिहवा,१४ जेठ । नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा बालगृहका असहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका २५ जना बालबालिकालाई कपि, ज्यामेट्रि बक्स, कलम लगायतको शैक्षिक सामाग्री वितरण गरेको प्रेस यूनियन कपिलबस्तु शाखाका सभापति गोपाल भण्डारीले बताउनुभयो । श्रमजिवी पेसागत पत्रकारहरुको हकहित संरक्षणका लागि आवाज उठाउँदै आइरहेको प्रजातान्त्रिक पत्रकारहरुको साझा संस्था युनियनले स्थापना दिवसमा बालगृह बालबालिकाहरुसंग विगतदेखि नै विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको उहाँले बताउनुभयो ।

बाल संगठनका सचिव श्याम प्रजापतिले बालगृह धेरै बालबालिकाहरुको भविष्य निर्माण गर्ने थलो बनेकोले यसको विकासका लागि सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तौलिहवा उद्योग बाण्ज्यि संघका अध्यक्ष गयादिन कुर्मी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान ब्रजाचार्य, नेपाली कांग्रेसका नेता सोहरत तेली, बाल गृहका प्रमुख रामप्रसाद अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रम युनियनका सचिव मणिप्रसाद गैह्रेको संचालन र सभापति भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६