प्रदेश

मङ्कीपक्स २० देशमा फैलियोः उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह



काठमाण्डौ, १४ जेठ । मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । यस भाइरसका कारण मानिसको ज्यान नै जाने समस्या नभए पनि छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन डाक्टरहरुको अनुरोध छ ।

डब्लूएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका देशहरूमा थप फैलिन नदिने र नदेखिएका देशहरुमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । ऐजेन्सी

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६