पर्यटन

विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ नाराका साथ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै




जेठ १५, प्रेसपार्टी
काठमाण्डौ । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा स् ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन् १८४७ मा विश्वकै अग्लो हिमालको रुपमा सगरमाथाको पहिचान भएको थियो ।
सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जलवायु परिवर्तनले हिमाली जनजीवनमा जोखिम बढेको र विश्व तापमानमा देखिएको वृद्धिसँगै हिमालमा हिउँ पग्लन थालेकाले कार्बन उत्सर्जनलाई कम गर्नुपर्नेमा जोड दिएको छ ।
यस वर्ष सगरमाथा आरोहणका लागि ३ सय २५ जनाले अनुमति लिएका थिए । सरकारले यसवर्ष आरोहण अनुमतिबापत ४९ करोड ३७ लाख रुपैयाँ दस्तुर उठाएको छ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६