अन्तर्राष्ट्रिय

‘एअर हाेस्टेस’ काे दाँत भाँच्ने महिलालाई १५ महिना जेल सजाय




जेठ १५, एजेन्सी
साउथवेस्ट एअरलाइन्सकी परिचारिका ९एअर होस्टेस० लाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ ।

सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँच सय डलर जरिबाना तिर्न आदेश दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।

गएको वर्ष मार्च २३ मा साउथवेस्ट एअरलाइन्सको विमानमा सेक्रेमेन्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एक जना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगताम्य पार्नुका साथै तीन वटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो ।

विमान परिचारकाहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा त्यो आक्रमण भएको थियो । देशका दुई प्रमुख अमेरिकन एअरलाइन्स र साउथवेस्ट एअरलाइन्सले यात्रीका दुर्व्यवहार रोक्ने प्रयासमा उडानका बेला रक्सीको बिक्री बन्द गरेका थिए । अहिले दुवै एअरलाइन्सले रक्सीको बिक्री फेरि सुरु गरेका छन् ।

गएको हप्ता अदालतमा पेस गरिएको पत्रमा क्विनोनेजले उडान परिचरिकालाई कुटपिट गरेकोमा माफी मागेकी छिन् । नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएको बेला त्यो घटना भएको उनले उल्लेख गरेकी छन् ।

उडानका क्रममा परिचारिकाले क्विनोनेजलाई सिट बेल्ट लगाउन, सिटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढङ्गले लगाउन आग्रह गरेकी थिइन् । तर उनले आफ्नो फोन ती परिचारिकको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन् । उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन् । यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६