कपिलवस्तु, जेठ १५
नेपाली जनताको सघर्षबाट प्राप्त ऐतिहासिक १५ औं गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ । जारी सन्देशमा ज्ञात, अज्ञात अमर शहिदहरुप्रति भावपूणर् श्रद्धाञ्जली ब्यक्त गर्दै आन्दोलनका क्रममा घाईते र वेपत्ता प्रति हार्दिक सम्मान ब्यक्त गर्दछौं भनिएको छ ।
जिल्ला अध्यक्ष शर्माद्धारा जारी विज्ञप्तीमा सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्न हामि सबै नेपालीको साझा प्रयत्न आवश्यक रहेको चर्चा गरिएको छ । यस ऐतिहासिक क्षणमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूणर् नेपाली बुवा, आमा, दिदी वहिनी सबै प्रति शुभकामना तथा बधाई ज्ञापन गरिएको छ । यस ऐतिहासिक दिनले हामि सबैलाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्धारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकतावद्ध भई अघि बढन प्रेरणा प्रदान गर्न सक्ने विश्वास प्रकट गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।
१५ जेष्ठ २०७९, आइतबार
प्रतिक्रिया