प्रदेश

तारा एअरको जहाज खोज्न सेनाको हेलिकप्टर मुस्ताङ पुग्यो, मौसममा केही सुधार




जेठ १५,
कास्की – पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज खोज्न काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङ पुगेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेनाको हेलिकप्टर मुस्ताङ आइसकेको र फिस्टेलको हेलिकप्टर पनि केहीबेरमा खोजीमा परिचालन हुने उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । मौसममा केही सुधार आएकाले दुई वटै हेलिकप्टर सम्भावित दुर्घटनास्थलमा खोजीका लागि परिचालन हुने उहाँको भनाइ छ ।
आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६