प्रदेश

तारा एयरको विमान दुर्घटनास्थलमा हेलिकप्टर परिचालन, सेनाको रेस्क्यु टिम कोबाङ्गमा




पोखरा, १६ जेठ ।
तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा हेलिकप्टर परिचालन गरिएको छ । नाउरिकोटबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टर घटनास्थलतर्फ परिचालन गरिएको नागरिक उड्डयन कार्यालय मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले बताए ।

यार्सागुम्बा टिप्न गएका बाग्लुङका एकजनाले सुरक्षाकर्मीलाई फोटो पठाएपछि थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा तारा एयरको विमान दुर्घटना भएको पुष्टि भएको छ । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।

खराब मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ्गमा अवतरण गरिएको छ । कोबाङ्गबाट दुर्घटनास्थलमा पुग्न करिब ४ घण्टा पैदल हिँड्नुपर्छ । आइतबार पनि सेनाको टिम कोबाङ्गमा रोकिएको थियो । मौसम अनुकुल भएमा दुर्घटना स्थल आसपासमा हेलिकप्टर ल्याण्ड गरेर अपरेशन अघि बढाइने मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले जानकारी दिए ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६