प्रदेश

नगरवासीको हितमा काम गर्छुः उपमेयर डंगोल




काठमाडौं, १६ जेठ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणामा रहेर नगरवासीको हितमा काम गर्ने बताएकी छिन्। शपथग्रहणपछि सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले मेयर बालेन्द्र साहसँग सहकार्यमा काम गर्ने बताइन्।

उनले आफूलाई कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। ‘उपमेयरलाई कार्यकारी अधिकार छैन। कानुनले दिएको अधिकार प्रयोग गरेर नगरवासीको हितमा काम गर्नेछु,’ उनले भनिन् ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६