प्रदेश

पाल्पा : कोरोना बीमा दाबीको भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी




जेठ १६,
पाल्पा – पाल्पाका कोरोना सङ्क्रमितहरूले बीमा दाबीको भुक्तानी नपाएमा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् । बीमा गरेको संस्था सगरमाथा इन्स्योरेन्सले बीमापातको भुक्तानी नदिएको भन्दै पाल्पा कोरोना सङ्क्रमितहरूले आन्दोलन गरेका हुन् ।
अबको दश दिनभित्र बीमा रकम दिने निर्णय नगरेका कार्यालयमा ताला लगाइने बीमित नारायण न्यौपानले बताउनुभयो । बीमितले प्रिमियम तिरेपछि सम्झौताअनुसारको रकम पाउनुपर्ने भए पनि अहिलेसम्म नपाएको अर्का बीमित राजेश आचार्यले बताउनुभयो ।
सगरमाथा इन्स्योरेन्स पाल्पाले एक हजार दुई सय २० जनाको बीमा गरेकोमा ६ सय जनाले बीमा भुक्तानीको दाबी गरेका छन् । यसमा एक सय २३ जनाले भुक्तानी पाएका छन् । भुक्तानी नपाएकाहरूले दश दिनको समय दिएका हुन् ।
सरकारले जिम्मेवारी नलिँदा बीमा रकम भुक्तानी गर्न नसकिएको सगरमाथा इन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख करुणा काफ्लेको भनाइ छ । बाँकी रहेकाहरूको बीमा रकम भुक्तानी नगरे चरणबद्ध रूपमा आन्दोलन गर्ने बीमित झपेन्द्र गहिरेले बताउनुभयो ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६