प्रदेश

विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो, बाँकी १२ शव काठमाडौं ल्याउने तयारी




काठमाडौं : मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ।
हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीले जानकारी दिए।
भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो अन्य १० जनाको शव आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको डिएसपी दानीले बताए।
अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
दुर्घटना मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोष्टमार्टम गरी परिवारलाई बुझाइने तारा एयरले जनाएको छ। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनामा परेको थियो।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको जहाज त्यसको १३ मिनेटपछि सम्पर्कविहीन भए पनि हिजो बिहानमात्रै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटना छानबिनका लागि सरकारले ५ सदस्यीय समिति गठन गरेको छ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६