प्रदेश

हैजाविरुद्धको खोप अभियान : बाणगंगामा ९१ हजारलाई खोप खुवाउने लक्ष्य




जेठ १७,
कपिलवस्तु । कपिलवस्तुका पाँच पालिकाहरुमा हैजा बिरुद्धको खोप अभियान संचालन भएको छ । हिजो सोमबार देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन भएको हो । जिल्लाका बाणगंगा, कपिलवस्तु, बुद्धभूमि नगरपालिका र मायादेवी र शुद्धोधन गाउँपालिकामा अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसअघि कपिलवस्तुको कृष्णनगर, शिवराज, महाराजगंज नगरपालिका र विजयनगर र यशोधरा गाउँपालिकामा अभियान सम्पन्न भएको थियो । पहिलो अभियानमा ९० प्रतिशत बढीलाई हैजाविरुद्ध ओरल कलेरा भ्यानसिन दिइने स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।

बाणगंगामा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी थारुसहित सम्पूर्ण जनप्रतिनिधिले हैजा बिरुद्धको खोप सेवन गरि ११ वटै वडामा अभियानको सुरुवात गरिएको छ । बाणगंगामा विभिन्न ८४ वटा केन्द्रहरु तोकेर खोप अभियानलाई तीब्रता दिईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । बाणगंगामा ९१ हजार जनालाई खोप खुवाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
यस्तै गाउँ टोलमा चोक चोकमा स्वास्थ्यकर्मी पुग्ने र त्यहीबाट हैजाको खोप खुवाउने कार्यक्रम छ । सोनाफी हेल्थ केयर प्रालि भारतबाट उत्पादित सो खोप प्रति व्यक्ति ढेड एमएलका दरले खुवाइने छ । एक वर्ष मुनी सिकिस्त बिरामी, र हैजा लागेका व्यक्तिलाई भने खोप खुवाउन हुँदैन। यो खोपलाई विश्व स्वास्थ्य संगठनले पूर्णतया सुरक्षित भनेका छन् ।
जिल्ला खुला दिशामुक्त भइसके पनि अझै पनि धेरै मान्छेहरुले खुला ठाउँमा शौच गर्ने गरेको स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताए । उनले यो कुरालाई सबैले र विशेषतः नव निर्वाचित जन प्रतिनिधिहरुले मनन गरी कार्ययोजना बनाउनु पर्ने उनले बताए ।
कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदिप पौडेलले खोप सेवन गरि अभियानको शुभारम्भ गरिएको उनले बताए । खोप एक वर्ष माथिका सम्पूर्ण गर्भवती, सुत्केरी लगायत सबैले खान मिल्ने उनले बताए । अभियानमा साढे ३ लाखलाई खोप खुवाउने लक्ष्य रहेको छ । खोप लिएको १४ दिन पछि दोश्रो डोजको खोप लगाईने छ ।
पहिलो र दोस्रो चरणको खोप सेवन गरेपछि पाँच वर्षसम्म हैजा तथा झाडापखाला लाग्नबाट बच्न सकिने उनले बताए । पहिलो र दोस्रो चरणको खोप अभियान असारको ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अभियानमा साढे ३ सय स्वास्थ्यकर्मी, ६ सय महिला स्वयसेविका र प्रत्येक विद्यालयका एक शिक्षक स्वमसेवकका रुपमा खटिएका छन् ।
एक वर्ष पहिले कृष्णनगरको बहादुरगंजमा हैजा फैलिएर ४ जनाको मृत्यु समेत भएको थियो । त्यसको केही महिना पछि कपिलवस्तुको ५ पालिकामा अभियान सञ्चालन गरिएको थियो । अहिले बाँकी रहेका ५ पालिकामा अभियान सञ्चालन गरिदै छ ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६