प्रदेश

बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तै : विष्णु पौडेल




जेठ १७,
काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले २०७९र८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सुरु भएको छलफलमा उहाँले बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र र चुनावी प्रचार जस्तो देखिएको बताउनुभयो । उहाँले मतदातालाई झुक्क्याएर भोट बटुल्ने हिसाबले बजेट सार्वजनिक गरिएको भन्दै सरकारको टिप्पणी गर्नुभयो ।

राज्यको स्रोतलाई दुरुपयोग गर्दै आफ्ना मतदाता रिझाउनका लागि मात्रै बजेट ल्याइएको उहाँको आरोप छ । उहाँले बजेटमा अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गरिएको पनि आरोप लगाउनुभयो । अस्ति अर्थमन्त्री जर्नादन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६