काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट समग्रमा राम्रो आएको बताउनुभएको छ । उहाँले भन्नु भयो बजेट छरिएर आए पनि सबैलाई समेटिएर आएकाले राम्रो भएको र कार्यान्वय हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
बजेट चुनाव केन्द्रित, वृद्धभत्ताको उमेर घटेर र कर्मचारीको तलव बढेर आएकाले पनि कार्यान्वय हुनेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ ।
नेपालका अनुसार बजेट १५ प्रतिशत खर्च भए पनि राम्रो मानिने देखिएको छ । नेपाल आफैले उत्पादन गर्न सक्ने अवस्था नभएर र मुलुकको अर्थतन्त्रलाई जोगाउन विभिन्न बस्तुमा महंगी बढेको उहाँको भनाइ छ ।
प्रतिक्रिया