जीवनशैली

भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्र पारेको आरोपमा ५ जना पक्राउ




जेठ १७,
काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीहरूलाई यूएई लगेर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरेको जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी कुवेर कडायतले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटेर भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिनुभएको श्रम मन्त्रालयले जनाएको छ ।

एसएसपी कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायलाई यूएई प्रहरीले दुबईमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । कोमलराजकी श्रीमती रञ्जना ढकाललाई प्रहरीले आइतबार सर्लाहीबाट पक्राउ गरेको छ ।

साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्‍याउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् । उनीहरूले भिजिट भिसाको नाममा करिब २ करोड ५० लाख ठगी गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए ।

ठगीमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनीहरूबारे जानकारी गराइ सहयोग गर्न केन्द्रीय अनुसन्धान व्युरोले अपिलसमेत गरेको छ ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६