प्रदेश

आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव




जेठ १८,
काठमाण्डौ : दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २०११ देखि मात्रै मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन एफएओको मापदण्ड अनुसार स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तीमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७८ लिटर मात्रै छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ । प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव छ । नेपाललाई २०८० सालसम्ममा दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७८र७९ को बजेटमा नेपाललाई दुई वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर अर्को वर्ष आत्मनिर्भर हुन चुनौती छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा। राजेन्द्र यादवका अनुसार उत्पादन बढाउन सके केही वर्षभित्रैमा दूधमा आत्मनिर्भर हुन सकिन्छ । अबको एक वर्षमा प्रतिव्यक्ति १३ लिटर दूध पुर्याउन सम्भव नरहेको तर दूध उत्पादन बढाउने तथा वितरणलाई व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड छ । चालु आर्थिक वर्षको आठ महिनामा १ अर्ब ३३ करोड ९ लाख ८६ हजार रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात भएको सरकारको तथ्याङ्क छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६