जेठ १९, २०७९
अमेरिकाको ओक्लाहोमा राज्यको टुलसामा रहेको एउटा अस्पतालमा गोली चलेको छ । चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गोली चलाउने पनि मारिएको बीबीसीले जनाएको छ ।
गोली चलेको सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको त्यहाँका प्रहरी उपप्रमुख एरिक डालग्लिशले बताउनुभएको छ । अस्पतालमा आक्रमण गर्नुको उद्देश्य खुलेको छैन । गएको हप्ता टेक्ससमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परि २१ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया