प्रदेश

काठमाडौंको मूलपानीमा बाजुराका युवक मृत फेला



जेष्ठ २०
काठमाडौंको मूलपानीमा बाजुरा घर भएका युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।​ मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्लाष्टिक र कपडाले गाँसिएको डोरी चुँडेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । केहि दिनअघि मात्र बाजुराबाट काठमाडौं आएका शाहीलाई उनका काकाले काँडाघारी स्थित वर्कशपमा जागिर लगाइदिएका थिए ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६