खेलकुद

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै



काठमाण्डाै, २४ जेठ । चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।

आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो ।

नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने भएको हो ।  

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६