अर्थ-वाणिज्य

शेयर बजारमा देखिएका समस्या समाधान गर्न सुझाव समिति गठन गरिएको छः अर्थमन्त्री शर्मा



काठमाण्डौ, २५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले नेपाली शेयर बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले चार सदस्यीय सुझाव समिति गठन गरेको बताउनुभएको छ । आज बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्यीय समिति गठन गरेको बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा शेयर बजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले शेयर बजारमा संलग्न रहेका लाखौँ लगानीकर्ता र सयौँ कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हेरर अनुगमनसमेत गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुँजी बजारको समस्याहरूलाई हामीले हेरिरहेका छौँ । कसरी पुँजी बजारलाई व्यवस्थित बनाउने भन्ने कुरामा हामी पनि चिन्तित छौँ । हामी निरन्तर लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा इमानदारिताकासाथ लागिरहेका छौँ । हामी सबैको क्षमता बढाउनु जरुरी छ ।’

मन्त्री शर्माले अर्थ मन्त्रालय सधैँ नियमनकारी निकायहरू स्वायत्त रहनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले पुँजी बजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरू स्वायत्त नै रहेको दाबी गर्नुभयो । मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शितासहितको स्वायत्तता खोज्नुपर्ने बताउनुभयो ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६