प्रदेश

बुद्धभूमिमा कोईला परिक्षण प्रयोगशाला स्थापना: मेयर श्रेष्ठद्धारा समुद्घाटन




बाणगंगा, २६जेठ ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ईट्टा उद्योगमा प्रगोग गरिने कोईला परिक्षण प्रयोगशालाको स्थापना गरिएको छ । बुद्धभूमि नगपालिका वडा न.८ मा पर्ने सेभेन स्टार ईट्टा उद्योगको भवनमा प्रयोगशालाको स्थापना गरिएको हो । बेटर ब्रिक नेपाल कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेश ईट्टा उद्योग संघ संगको सहकार्यमा स्थापना गरिएको प्रयोगशालाको बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको हो । मेयर श्रेष्ठले गोरुसिंङ्गेको एक होटलमा भएको कार्यक्रका विच ताम्रपत्र पढेर प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले सम्बोधन गर्दै ईट्टा व्यवसायीहरुको पिर मर्कालाई नगरले सम्बोधन गर्ने बताउनु भएको छ ।

उहाँले ईट्टा उद्योगमा बालश्रमप्रति लगाइने लान्छना हटाउन जरुरी रहेको बताउनु भयो । अत्यधिक जटिलतालाई चिर्दै रोजिरोटी पाएका श्रमिकलाई रोजगारी व्यवस्थापनका बाबजुद पनि सरकारले लगाएको करको दायराबारे छलफल चाल्नेमा श्रेष्ठले जोड दिनुभयो । त्यस्तै उद्योगीहरुले समाजमा गरेको योगदान अतुलनीय रहेको बताउँदै सरकारको मापदण्ड पूरा गरेर सक्रियता ढङ्गले निरन्तर लाग्न आग्रह गर्नुभयो । लगभग अधिकांश उद्योगहरुमा पठनपाठनदेखि लिएर नीतिगत व्यवस्था भएपनि कुनै उद्योगहरुमा लागू नभएको स्वीकार गर्दै बालश्रम मुक्त नगर घोषण गर्ने गरि तयारी भइरहेको समेत नगरप्रमुख श्रेष्ठले बताउनु भयो । भठ्ठाहरुमा अभिभावकसँग पुग्ने गरेका बालबालिकालाई उनीहरुको हक अधिकार सुनिश्चित गरेर काम गर्न सफल व्यवसायीलाई उहाँले धन्यवाद दिनुभयो ।

यसैबीच उप–प्रमुख मिरा थारुले ईट्टा उद्योगहरुमा बालश्रम न्यूनीकरण हुँदै गएकोमा प्रशंसा गर्दै विगतभन्दा अहिले शिक्षादेखि स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सबैको हित हुने नीति तयार गरेर व्यवसायीलाई पनि मध्यनजर गर्दै श्रमिकलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । उप–प्रमुख थारुले ल्याब सञ्चालन गरेर उद्योगीहरुले अर्को सफलता हात परेको उल्लेख गर्दै व्यवसायीसँग समन्वय र सहकार्य गरि एक अर्काको समस्या पहिचान गरि समाधान गर्न आफू सदैव तत्पर रहेको जिकिर गर्नु भयो ।बुधबार आयोजित प्रयोगशाला समुद्घाटन समारोहमा सरकारले तोकेको मापदण्डअनुसार कार्य गरेका १४ उद्योगीहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका क्षेत्रिय संयोजक दुर्ग प्रसाद अर्यालले जानकारी दिए । कपिलवस्तुमा बिबिएन ल्याब सञ्चालनमा आएपछि ईट्टा उद्योग सञ्चालनमा गुणस्तरीयता थपिने ग्लोबल फेयरनेस इनिसिएटिभ (जि.एफ.आई) कार्यकारी अध्यक्ष सुरेश पण्डितले बताउनु भयो ।

ईट्टा उद्योगीहरुले उत्पादन गर्दा एकदमै सस्तो जस्तो देखिने तर लगानी बढी लाग्ने र सरकारलाई कर बढी तिर्नुपर्ने बाध्यता तथा समस्या रहेकोले यसलाई स्थानीय तहले सम्बोधन गर्नुपर्ने बक्ताहरुले बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश ईट्टा उद्योग संघका महासचिव रुक बहादुर भुसाल, सम्झना प्रधान, व्यवसायि विनोद पन्त लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । ईट्टा व्यवसायि गुणनिधि भुसालको स्वागत रहेको कार्यक्रम,घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका क्षेत्रिय संयोजक दुर्गा अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६