हरि घिमिरे, २५ जेठ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले ईट्टा उद्योगमा बालश्रमप्रति लगाइने लान्छना हटाउन आवश्यक रहेको बताउनु भएको छ । उहाँले ईट्टा उद्योगमा प्रगोग गरिने कोईला परिक्षण प्रयोगशालाको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो “ईट्टा उद्योगमा बालश्रमप्रति लगाइने लान्छना हटाउन जरुरी छ ।” त्यस्तै अत्यधिक जटिलतालाई चिर्दै रोजिरोटी पाएका श्रमिकलाई रोजगारी व्यवस्थापनका बाबजुद पनि सरकारले लगाएको करको दायराबारे छलफल चाल्नेमा श्रेष्ठले जोड दिनुभयो । त्यस्तै उद्योगीहरुले समाजमा गरेको योगदान अतुलनीय रहेको बताउँदै सरकारको मापदण्ड पूरा गरेर सक्रियता ढङ्गले निरन्तर लाग्न आग्रह गर्नुभयो । लगभग अधिकांश उद्योगहरुमा पठनपाठनदेखि लिएर नीतिगत व्यवस्था भएपनि कुनै उद्योगहरुमा लागू नभएको स्वीकार गर्दै बालश्रम मुक्त नगर घोषण गर्ने गरि तयारी भइरहेको समेत नगरप्रमुख श्रेष्ठले बताउनु भयो । बुद्धभुमि नगपालिका वडा न.८ मा पर्ने सेभेन स्टार ईट्टा उद्योगको भवनमा प्रयोगशालाको स्थापना गरिएको छ । बेटर ब्रिक नेपाल कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश ईट्टा उद्योग संघ संगको सहकार्यमा प्रयोगशालाको स्थापना गरिएको हो । मेयर श्रेष्ठले गोरुसिंङ्गेको एक होटलमा भएको कार्यक्रका विच ताम्रापत्र पढेर प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो ।
२५ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया