प्रदेश

१४ घण्टापछि सञ्चालनमा,मुग्लिन–नारायणगढ सडक, गाडीको लाम हट्न समय लाग्ने



काठमाण्डाै, २६ जेठ । नौबिसे– मुग्लिन  र नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै १४ घण्टापछि सञ्चालनमा आएको छ ।

कुरिनटारबाट एक किलोमिटर मुग्लिनतर्फ ठूलो पहिरो खस्दा गए राति ११ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन र नौबिसे –मुग्लिन सडक खण्ड अहिले  सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो हटाइए पनि १४ घण्टादेखि लागेको गाडीको लामो लाइन व्यवस्थापनमा समस्या भइरहेको प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि गाडीको लामो लाइन भने कायम नै छ । बिस्तारै गाडी गन्तव्यतर्फ लाग्न थालेकाले अब सहज हुँदै जाने उहाँले बताउनुभयो ।  

यो सडक खण्ड बन्द हुँदा यात्रुबीच बाटोमै अलपत्र परेका थिए । बर्खाको समयमा छिनमै खुल्ने र छिनमै बन्द हुने भएकाले नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६