प्रदेश

बालश्रम मुक्त नगर बाणगंंगा, असार १० गते घोषणा हुने



बाणगंंगा नगरपालिकालाई आगामी असार १० गते बालश्रममुक्त नगर घोषणाको तयारी थालिएको छ । त्यसका लागि नगरका ११ वटै वडाका वालमैत्री सहजकर्ताबाट वाणगंगा नगर पालिका अन्तर्गत रहेका उधोग,  कलकारखाना, होटल, रेष्टुरा, सवारी साधन यातायातमा प्रयोग हुने बालबालिका जस्ता ठाउँमा पुगी सहजकर्ताबाट बालश्रमको सूचकको मापनका लागि घरधुरी सर्वेक्षण काम पुरा गरी नगरमा रहेका उधोग वाणिज्य संघ,गैर सरकारी संस्था,नागरिक समाज,मानव अधिकार समूहका प्रमुखहरु,पत्रकार, नगरका विषयगत शाखा प्रमुख र ११ वटै वडाका वडाध्यक्ष उप प्रमुख रिता चौधरी थारु, प्रमुख प्रशासकिय प्रमुख टेकराज पन्थी वीच छलफल भई सो कार्यक्रमलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा नगरका ११वटै वडाबाट भए गरेका घरधुरी सर्वेक्षण रिपोर्टको अध्ययन,नगरका विषयगत शाखा,संघसंस्थाले पुरा गर्नुपर्ने सूचकहरु र बालश्रम भए नभएको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

सो कार्यक्रममा वाणगंगा नगरका वालश्रममुक्त स्थानिय समन्वय समितिका अध्यक्ष एवम नगर प्रमुख चक्रपाणि अर्यालले वाणगंगा नगर यस भन्दा अघि वालमैत्री नगर घोषणा भई कपिलवस्तु जिल्लामा प्रथम मुलुकमा ९औ भएको कुरा बताउँदै वाणगंगा नगरबासीमा जनचेतनामा अघि रहेको हुँदा नगरमा रहेका संघसंस्था विधालय,गै स स सबैलाई नगरमा बालबालिकामा बालश्रमको अन्त्य गरी नगरलाइ बालश्रममुक्त नगर घोषणा अभियानलाई सफल बनाउन आग्रह गरेका थिए ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६