जीवनशैली

गैसस लुम्विनी प्रदेश अध्यक्षमा शुसिला सर्बसहमत




संगीता भुसाल
कपिलवस्तु २८ जेठ।गैर सरकारी संस्था महासंघ नेपालको लुम्बिनी प्रदेश अध्यक्षमा कपिलवस्तुकि शुसीला बेल्वासे चयन भएकी छन् । विगत पन्ध्र वर्ष देखि संक्रिय सेवा समाज, समर्पण सहयोग समुह कार्यक्रम संयोजक, गैर सरकारी संस्था महासंघ नेपालको प्रदेश सह.सचिव लागयतका पदमा रहि काम गर्दै आएकी छन् ।कार्यक्रममा सवैलाइ धन्यवाद ज्ञापन गर्दै आगामी ३ वर्षे कार्यकालमा आफूले र आफ्नो टिमले सक्रिय रूपमा महासंघको हकहित र स्तरउन्नतीका लागी कार्य गर्ने बताइन् । प्रदेशमा रहेका संघ संस्थाहरूको रेख देख गर्ने र समाजलाइ सहज हुने खालका कार्यक्रमहरू समावेस गर्ने बताइन्र ।
महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश ई्न्चार्ज गोबिन्द प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा गैसस महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदी , केन्द्रीय महासचिव अर्जुन भट्टराई , मानव अधिकार एलाईन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा , सचिव शोभाराम डागी , गैसस महासंघका केन्द्रीय सदस्य संजय लम्साल , धर्मलाल रोकाय, भेषराज तिमिल्सिना , सुनिता बेल्वासे र गैसस महासंघका प्रमुख कार्यकारी अधिकृत हुम भण्डारीले शुभकामना दिनु भएको थियो ।
अधिवेशनमा समितिको तर्फबाट सांगठनिक प्रतिवेदन सचिव कमल गौतम र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधा तिमिल्सिनाले प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरिएको थियो । अधिवेशनले प्रदेश समिति अध्यक्षमा जीत कुमारी बेलवासे , उपाध्यक्षमा श्री नेत्रमणी आचार्य, सचिव ठाकुर प्रसाद लोहागुन, उपसचिव अर्जुन डि. सी , कोषाध्यमा देवराज खनाल र सदस्यहरुमा रीमा वि सी, विष्णु प्रसाद तिमिल्सिना, सस्वती जि.सी, शंकर प्रसाद न्यौपाने रहेको ९ सदस्यीय समितिमा निर्वाचित भएका छन ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६