प्रदेश

रकम अभावले दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग बन्द



दाङ, २९ जेठ । दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द भएको छ । कोभिड महामारीका बेलामा बन्द भएको उद्योग फेरि सञ्चालनका लागि रकम अभाव भएको हो ।

उद्योग सञ्चालन गर्न नयाँ मेसिन थप्ने तयारी भए पनि लगानी जुटाउन समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । ५० प्रतिशत सरकारी अनुदानमा घोराही उपमहानगरमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रले रकम अभावकै कारण मल उत्पादनमा समस्या परिरहेको जनाएको छ ।

जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगका सञ्चालक महेश चौधरीले बताउनुभयो । अहिले किसान रासायनिक मल नपाएर हैरान छन् । यो बेला प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग पनि बन्द भएपछि किसानलाई थप समस्या भएको छ । बर्सेनि रासायनिक मलको अभाव हुदै आए पनि विकल्पका रूपमा सञ्चालन भएका प्राङ्गारिक मल उत्पादन गर्ने साना उद्योग आर्थिक अभावकै कारण बन्द अवस्थामा पुगेका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कबाट २०७३ सालमा अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गरी विभिन्न जिल्लामा पठाउन थालिएको थियो । तर कोरोना सुरु भएपछि जोखिमका कारण कामदार घर गएपछि बन्द भएको उद्योग अझै सञ्चालमा आएको छैन ।

अहिले भारतबाट थप मेसिन ल्याएर स्तरवृद्धि गरी सञ्चालनको तयारी गरिरहे पनि बैंकबाट ऋण नपाउँदा समस्या परेको उद्योगले जनाएको छ । नयाँ मेसिन जडान भए प्रतिघण्टा ७ देखि १० क्विन्टल मल उत्पादन गर्ने र यसबाट दाङका सबै किसानलाई पर्याप्त मात्रामा मल पुग्ने उद्योगका सञ्चालक महेश चौधरीले बताउनुभयो । यो मल नार्कले धानबालीमा प्रयोगगरी गुणस्तरको अनुमती दिएको छ । सरकारी बागबानी केन्द्रमा पनि यही मल प्रयोग हुदै आएको छ ।

प्रकाशित : २९ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६