प्रदेश

चितुवाको आक्रमणबाट तनहुँमा दुई जना घाइते



तनहुँ, २९ जेठ । नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाइते बनाएको थियो । आइतबार बिहान वडा १ को बाघदलेमा बस्ने वर्ष ३४ को हिमलाल गरन्जामगर आफ्नै घरको पिँढीमा सुतिरहेको अवस्थामा आक्रमण गरी चिथोरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घाइते बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारस्थित मोती हेल्थ क्लिनिकमा उपचार गरी आइतबार बिहान १० बजे डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि चितुवाले बन्दीपुर गाउँपालिका–४ टावर बस्ने सन्तोष थापाको ८ वर्षकी छोरी रियाना थापालाई शनिबार साँझ ८ः३० बजे आक्रमणबाट घाइते बनाएको थियो । घाइते बालिकाको पनि मोती हेल्थ क्लिनिक उपचारपछि आइतबार बिहान ९ः २० बजे डिस्चार्ज गरी घर पठाइएको छ ।

घरमुनि बाँसको झ्याङमा लुकेर बसेको चितुवाले आक्रमण गरिएको प्रनाउ खड्काले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवाबाट प्रभावित बस्ती नजिकै चितुवाको पासो थापिएको छ । डिभिजन वन कार्यालयले आइतबार एक सूचना जारी गरी बालबालिकालाई एक्लैएक्लै नछाड्न, घर वरिपरिको झाडी फाँड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । चितुवाबाट जोगिन साँझ तथा राती घर तथा गोठ उज्यालो राख्न, घरगोठ बलियो पार्न कार्यालयले आग्रह गरेको छ ।
वनका मृग, वन कुखुरा लगायतको वन्यजन्तृुको मानिसले शिकार गर्दा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्नेहुनाले वन्यजन्तु मार्नेलाई पक्राउ गर्न सहयोग गर्न सो कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित : २९ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६