रोल्पा, २९ जेठ । रोल्पामा सडक खन्दै गर्दा पहिरो खसेर एकै घरका दुई जना बालकको ज्यान गएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउनेभिरमा सडकमा खेलिरहेका बेला पहिरो खसेर पुर्दा स्थानीय प्रकाश खड्काका दुई छोराहरु ७ वर्षीय डेबिड र २ वर्षीय इशान खड्काको ज्यान गएको हो ।
एक्स्काभेटर रोकेर अपरेटर खाजा खान गएको समयमा सडकमाथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । उनीहरुको शव जिल्ला अस्पताल रेउघा ल्याउन लागिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया