प्रदेश

मौसम प्रतिकूलताले लुक्लामा नौ दिनदेखि जहाजले उडान भर्न सकेन, डेढ सय पर्यटक अलपत्र



लुक्ला, ३० जेठ । मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गएको आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका प्राधिकरणले जनाएको छ ।

विदेशी पर्यटकहरु सल्लेरीमा

मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरु सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् । तेन्जिङ हिलारी विमानस्थलको सबै उडानहरु रद्द हुन थालेपछि केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ जान थालेका हुन् । केहीदिनयता सल्लेरीबाट गाडी मार्फत काठमाण्डौ जाने विदेशी यात्रुहरु बढेको यातयात व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६