प्रदेश

ठेक्का प्रणालीबाट नेपालमा मल ल्याउन गाह्रो छः मन्त्री यादव




काठमाण्डौ, ३० जेठ । कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादवले ठेक्का प्रणालीबाट नेपालमा रासायनिक मलको समस्या समाधान नहुने भएकोले जीटूजी प्रक्रियामार्फत भारतबाट मल ल्याउन लागेको बताउनुभयो । मन्त्री यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् ।

नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न नसकेको र सम्भावनाको कुरा मात्र रहेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

मन्त्री यादवले सरकारमा जो आएपनि नेपालमा लामो समयदेखि मल अभावको समस्या झेल्दै आइरहेको भन्दै वर्तमान सरकारले दीर्घकालीन समाधान गर्नेतर्फ ध्यान दिएको पनि बताएका छन् । जिटुजी सरकार सरकारबीचको सहमति मार्फत भारतबाट प्रत्येक बर्ष ५ लाख मेट्रिकटन मल ल्याउने गरी नेपालले पहल गरेको पनि उनले जानकारी दिए ।

उनी थप्छन्, ‘अब स्थायी समाधान निकाल्नुपर्छ । जिटुजी पनि अस्थायी समाधान मात्रै हो ।’ मल अभाव समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगम जस्तै निकाय स्थापना गरेर जानुपर्र्ने सोचमा सरकार रहेको पनि मन्त्री यादवले बताए । अर्कोतर्फ प्रांगारिक मल प्रदेश स्तरबाट उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले यो योजना अनुसार काम भएपछि रासायनिक मलको प्रयोगमा कमी आउने र माटोको उर्वरा शक्ति पनि नबिग्रने मन्त्री यादवले बताए ।

पछिल्लो समय नेपालमा रासायनिक मलको अभाव हुनु अन्तर्राष्ट्रिय बजारमै अभाव रहनु पनि एक रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मल अभाव भएपछि भारतमा पनि मल अभाव भएको र त्यसको प्रभाव नेपालमा पनि परेको कृषि तथा पशुपंक्षी विकासमन्त्री यादवको जवाफ छ ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६