काठमाण्डौ, ३१ जेठ । राष्ट्रिय सभाको बैठक आउँदो असार २ गते बस्ने भएको छ । बैठक असार असार १ गते बस्ने भनिए पनि विशेष कारणले असार २ गते बस्ने भएको हो ।
राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन बस्न नसक्ने भएकाले असार २ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले निकाल्नुभएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम त्यस दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको छ’, सूचना भनिएको छ ।
प्रतिक्रिया