प्रदेश

बालबालिकालाई हिंसाबाट बचाउन शिवराजमा १ दिने अन्तरक्रिया



कपिलवस्तु, ३१ जेठ । सबै किसिमका हिंसाबाट बालबालिकालाई बचाउन प्रहरी र समुदायको भुमिका विषयमा शिवगढीमा १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मंगलबार शिवराज नगरपालिकाको आयोजना युनिसेफको आर्थिक सहयोगमा भगवानपुरमा अवस्थित शिवराज नगरपालिका वडा ९ को सभाहलमा स्थानीय बालबालिकाको हकहितका क्षेत्रमा काम गर्ने सस्थाका प्रतिनिधि ,स्थानीय बुद्धिजीवी ,प्रहरीको उपस्थितिमा बालश्रम अन्त्य ,बालश्रम सम्बन्धि कानुनी प्रावधान,का सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीलाई ईलाका प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहले बालबालबालिका बिरुद्ध हुने हिंसा ,अपराधका कारण,बिधुतिय उपकरणबाट हुने असर ,र बालबालिकाकाहरुलाई सृजनात्मक कसरी बनाउन सकिन्छ र गलत बाटो लाग्नबाट कसरी जोगाउने भन्ने विषयमा जानकारी गराउनु भएको थियो । वडा अध्यक्ष गोपाल चौधरीको अध्यक्षतामा भएको अन्तरक्रियामा स्थानीयको उल्लेख्य सहभागी रहेको थियो ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६