प्रदेश

एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : गगन थापा



काठमाण्डाै, ०१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो ।

‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर प्रधानमन्त्रीले आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ’ सांसद थापाले भन्नुभयो । प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि मात्र यसबारेका भ्रम र आशङ्का अन्त्य हुने थापाको भनाइ छ । 

प्रकाशित : १ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६