प्रदेश

विवादमा तानिएकी राज्यमन्त्री विमला वली अस्पताल भर्ना



बुटवल, ०१ असार।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ। दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार मानसिक तनावका कारण बेहोस भएकी मन्त्री खत्रीलाई सोमबार राति १२ बजे अस्पताल भर्ना गरिएको हो। सचिवालयका अनुसार मन्त्री खत्री बस्नेतको घरमा आर्थिक लेनदेन मिलान गर्नका लागि पुगेकी थिइन् ।

‘बस्नेतले लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो ।

मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो’, उनको भनाइ उद्धृत गर्दै मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ । उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न षड्यन्त्र गरेको बताइन् ।

उनले भनिन् ‘पहिलेको पैसा नै नदिई, झन मेरो कारोवार बिग्रिएको छ, मेरो घरलाई बैँकमा राखेर ऋण निकाल्न खोजका थिए, मैले दिइन त्यसपछि उनले मलाई थप पीडा दिँदै तपाईँलाई मन्त्री बनाएँ, मैले के पाएँ ? भनेर बारम्बार पीडा दिइरहेका थिए ।’
मन्त्री खत्रीसँगै रहेकी प्रदेश सभा सदस्य दामा शर्माले विभिन्न तनावका कारण बेहोस भएपछि उपचारका लागि भर्ना गरिएको बताइन्।

प्रकाशित : १ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६