ब्रेकिंग न्युज

सँञ्चार सस्था सुदृढीकरणको ४ बर्षिय कार्यनिति निर्माण



कपिलवस्तु ४ असार । कपिलबस्तु संचार सहकारी संस्थाले वि.सं २०७९ देखि २०८२ सम्मको चार बर्षे कार्यनीतिक योजना पारित गरेको छ । पर्यटकीय स्थल जगदीशपुरमा बसेको बोर्ड बैठकले संचार संस्थालाई लुम्बिनी प्रदेशको उत्कृष्ट र राष्टको एक महत्वपुर्ण संस्था बनाउनेगरी ४ बर्षे कार्यनीति तयार पारेको अध्यक्ष मित्रलाल शर्माले बताउनु भयो ।सामुदायिक टेलिभिजन बुद्धआवाज र बुद्धआवाज रेडियोको संचालक संस्था कपिलबस्तु संचार सहकारीले यसविचमा भएका कामको समिक्ष गर्दै एक वर्षको कार्ययोजना स्वीकृत गरेको छ।

संस्थाका महासचिव सरोज खनालको सहजिकरण , बरिष्ट उपाध्यक्ष राजेश ज्ञवालीको स्वागत र व्यवस्थापक भेषराज पाण्डेको प्रगती प्रतिवेदन प्रस्तुती विच भएको बैठकले स्थानीय तह निर्वाचनमा सहकारीका विभिन्न पदमा आसीन व्यक्ति निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ । जसअनुसार संचारगृहका सल्लाहकार बाबुराम आचार्य जिल्ला समन्वय समिती प्रमुख, चक्रपाणी अर्याल बाणगंगा नगरपालिकाको नगर प्रमुख , सुदिप पौडेल कपिलबस्तु नगरपालिकाको नगर प्रमुख हुनु भएको मा बधाई ज्ञापन गरेको छ ।


यस्तै बाणगंगा ४को अध्यक्षमा छविलाल रेष्मी, २ को अध्यक्षमा विष्णु पौडेल र कार्यपालीका सदस्यमा दिलबहादुर खानी निर्वाचति भएकामा बैठकले बधाई ज्ञापन गरेको छ । यसैगरी ३९ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेकोृ छ । जसमा पुर्वमन्त्री दिपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, संविधान सभा सदस्यद्धय बलराम अधिकारी र विश्राम प्रसाद चौधरी, प्रदेश सभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल सल्लाहकारमा मनोनित हुनु भएको छ । यस्तै डम्मर प्रसाद शर्मा, टिकाराम अर्याल, कृष्ण कुवंर,गीता अन्जान, सोमनाथ अर्याल, दुनिका भुषाल, गुणानिधी भुषाल, उमानाथ पौडेल, टोपनारायण बेल्बासे, हुमनाथ पाण्डे, ओम प्रकाश अर्याल , राम आशिष पाण्डे ,लक्ष्मण बेल्बासे, रमेश पन्थी ,अर्जुन शाही ,दल बहादुर कुवर,फुलकुमारी श्रेष्ठ, रमेशचन्द्र भुषाल, सन्तोष श्रीवास्तव समेत सल्लाहकारमा पर्नुभएको छ ।यसैगरी कपिलबस्तु संचार सहकारीले ८ वटा विषयगत उपसमिती समेत गठन गरेको छ । जसअनुसार दोलख बहादुर पछाईको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन उपसमिती, उमानाथ पौडेलको संयोजकत्वमा पुर्वधार निर्माण उपसमिती , सरोज खनालको संयोजकत्वमा सहकारी शिक्षा उपसमिती गठन भएको छ।

यस्तै राजेश ज्ञवालीको संयोजकत्वमा टेलिभिजन कार्यक्रम व्यवस्थापन उपसमिती , सर्वेन्द्रदेव खनालको संयोजकत्वमा मानाव स्रोत व्यवस्थापन उपसमिती, हरि अधिकारीको संयोजकत्वमा सम्पर्क समन्वय उपसमिती , डिलाराम भुषालको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन समिती, सरस्वती गौतमको संयोजकत्वमा सामाजिक समावेशिकरण उपसमिती गठन भएको छ । जगदिशपुर क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न कपिलबस्तु संचार सहकारी संस्थाको बोर्ड बैठक जगदीशपुरमा बसेको बताउदै व्यवस्थापक भेषराज पाण्डेले आगामी बैठक समेत अन्य सम्पदा स्थलमा राख्ने बताउनुभयो ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६