अर्थ-वाणिज्य

८० प्रतिशत अनुदानमा उद्योगीलाई प्रविधी हस्तान्तरण



कपिलवस्तु १२ असार ।उद्यमीको २० प्रतिशत सहभागिता र घरेलु तथा साना उद्योग कार्यलयको ८० प्रतिशत अनुदानमा कपिलवस्तुका उद्योगीलाई प्रविधी हस्तान्तरण गरिएकोछ । लघु र साना उद्यामीको प्रबद्र्धनका लागि कपिलवस्तुका १८ जना उद्योगीलाई प्रबिधि हस्तान्तरण गरिएको हो । सुरक्षित समाबेशी बिद्युतीय कारोवार उपभोक्ताको अधिकार भन्ने नारा सहीत घरेलु तथा साना उद्योग कार्यालयले प्रबिधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई बिभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो । ८० प्रतिशत घरेलु तथा साना उद्योग कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा उनीहरुलाई सो सामाग्री हस्तान्तरण गरिएकोहो।
७ वटा ५ हर्स पावरको पम्पसेट, २ वटा हाते ट्याक्टर पानी तान्ने मोटर एक वटा २ वटा ईलेक्ट्रिक चापाकटर, ४ वटा जुके सिलाइ मेशीन हस्तान्तरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले साना उद्यमीलाई प्रोत्साहीत गर्न उपलब्ध गराइएको यो प्रबिधिले आय आर्जनमा मद्दत गर्ने बताए । सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्यालले घरेल् तथा साना उद्योगलाई बढावा दिन साना उद्योगीहरुलाई कार्यक्रम मार्फत सो सामाग्री उपलब्ध गराइएकोबताए।
घरेल् तथा साना उद्योग महासंघ कपिलवस्तुकी अध्यक्ष फुल कुमारी श्रेष्ठले सरकारले घरेलु् तथा साना उद्योगलाई प्रोत्साहन दिने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने बताईन । कार्यक्रममा ठुलो सिलाई मेशीन पाएर खुशी भएकी बुद्धुभुमी गोरुसिंगेकी रिता श्रेष्ठले आफुले प्राप्त मेशीने सोफासेटको खोल लगायतका सामाग्रीको सिलाईमा प्रयोग गर्ने बताउनुभयो । २० प्रतिशत लगानीमा आफुले सो सामाग्री पाएको भन्दै अन्य साना उद्योगीहरुलाई पनि लागत सहभागीतमा सामाग्रीहरु प्रदान गर्नु पर्ने बताईन । हाते ट्याक्टर पाएका बाणगंगा नगरपालिका– ९ का प्रेम नारायण पौडेलले प्राप्त सामाग्रीले आफुलाई कृषि कर्र्म गर्न सजिलो भएको बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बस्यालको अध्यक्षता, गोबिन्द तेलीको संचालनमा भएको कार्यक्रममा अधिकृत बिष्णु प्रसाद पोख्रेलल लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६