खोज–अनुसन्धान

रुपन्देही जिल्लामा ७४ प्रतिशत पुँजीगत बजेट खर्चहुन सकेन



रुपन्देही १२ असार । रुपन्देहीमा चालु आर्थिक वर्षको हालसम्म पुँजीगत बजेटको २६ दशमलव ०५ प्रतिशत रकम मात्र खर्च भएको छ । पूर्वाधारको आवश्यकता पूरा गर्न गरिने पुँजीगत खर्च हालसम्मकै न्यून छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु हो । कर्मचारीहरुले काम नगरिदिँदा पूर्वाधार तथा आयोजनाको काम यो वर्ष सुस्त छ ।चालु आवमा जिल्लाको कुल बजेट ४३ अर्ब ३६ करोड २९ लाख ४६ हजार ३६० रहेकामा हालसम्म ३३ अर्ब ६ करोड खर्चिएको पाइएको छ । प्रतिशतमा हेर्दा ७६ दशमलव २५ प्रतिशत कुल बजेट खर्च भए पनि पुँजीगततर्फ एक तिहाइ पनि खर्च भएको छैन । तलब भत्ता तथा भत्तामा ९१ प्रतिशत खर्च गरेको रुपन्देहीका कार्यालयले पुँजीगततर्फ भने न्यून खर्च गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक १० असारसम्म चालुतर्फको ३३ अर्ब ४० करोड ५२ लाख ३१ हजार ६०१ मध्ये ३० अर्ब ४६ करोड ९७ लाख ८२ हजार ७९५ रुपैयाँ अर्थात् ९१ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ अख्तियारी आएको कुल बजेट ९ अर्ब ९५ करोड ७७ लाख १४ हजारमध्ये हालसम्म २ अर्ब ५९ करोड ४५ लाख ७९ हजार ५६६ अर्थात् २६ प्रतिशत रकम खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले बताए ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६