प्रदेश

स्कुलभित्रै कर्मचारीको ज्यान गएपछि आफन्तद्वारा केएमसीमा तोडफोड



काठमाण्डौ, १९ असार । स्कुलभित्रै कर्मचारीको ज्यान गएको विषयलाई लिएर आफन्तहरूले काठमाण्डौ बुद्धनगरको काठमाण्डौ मोडेल (केएमसीं) स्कुलमा तोडफोड गरेका छन् । तोडफोडका कारण स्कुलको डिजिटल बोर्ड लगायतका केही भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले पनि तनावकै अवस्था रहेको छ ।

आफन्तले अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्ने, शवको अवस्था हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको छात्रा बस्ने छात्रावासमा झुन्डिएको अवस्थामा हिजो शनिवार बेलुका मृत फेला पर्नुभएको थियो । डेढ वर्षदेखि कार्यरत उहाँको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् ।अहिले विद्यालय प्रशासन र मृतकका परिवारबीच बार्ता भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६