ब्रेकिंग न्युज

कपिलवस्तुमा मुल्य वृद्धि लक्षित बजार अनुगमन



कपिलवस्तु, १९ असार ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मुल्य वृद्धि लक्षित बजार अनुगमनलाई तिब्रता दिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवाहरुको उपस्थितीमा इलाका प्रहरी, खाद्य र घरेलु कार्यलयको समन्व्यमा अनुगमनलाई व्यापक बनाएको हो । बजारमा भएका अनियमिततालाई कम गर्न जिल्लाका बिभिन्न पालिकाहरुमा रहेका होटल, खाद्यान्न पसलहरुमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको भनाई छ ।

गृह मन्त्रालयको निर्देशनमा देशका ७७ वटा जिल्लामा पछिल्लो समय हुदै आएको मुल्य वृद्धि साथै म्याद गुज्रिएका खाद्यान्न सामाग्री बिक्रिवितरणमा रोक लगाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गरेको पौडेलले बताउनु भयो । अनुगमनका समयमा धेरै जसो व्यपारीले मुल्यवृद्धि र म्याद सकिएका सामानमा त्यती ख्याल नराखेको पाइएकाले सामान लिने नागरिक सचेत हुन प्रशासन कार्यलय कपिलवस्तुले आग्रह गरेको छ ।

अनुगमनलाई समूह बनाएर वस्तु तथा सेवाको गुणस्तर कायम राख्ने उद्देश्यले बेला–बेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ। अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने पसलहरुबाट म्याद नाघेका बस्तु बरामद गरिएको छ । होटलहरको स्तरीकरण , व्यावसाय दर्ता भए नभएको , आपुर्तिमा समस्या भए नभएका कृतिम अभाव भए नभएको लगायतका विषयमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६