अर्थ-वाणिज्य

लुम्विनीमा कांग्रेससंगको गठबन्धन पूर्ण असफल : बराल




बुटवल १९ असार । माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले स्थानीय तह निर्वाचनमा कांग्रेससहितको गठबन्धन सफल नभएको निष्कर्ष सुनाएका छन्। हाम्रो प्रदेशमा २५ अध्यक्ष र प्रमुख निर्वाचित माओवादीवाट भए। १८ उपाध्यक्ष र उपप्रमख निर्वाचित भएु । यो अत्यन्तै न्यून हो । उनले भने, गठबन्धन अपेक्षाअनुसार सफल भएन। माओवादीको प्रभाव क्षेत्रमा कांग्रेस, एमाले एक भएर लडे।गठबन्धन वामपन्थी बीचमै जरुरी रहेको उनले निष्कर्ष प्रस्तुत गरे ।
नेकपा मा‌ओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुहरुले रिपोर्टिङ गरेका छन्। प्रज्ञा भवन कमलादीमा आइतवारदेखि सुरु केन्द्रीय समिति बैठकमा प्रदेश समिति अध्यक्षहरुले स्थानीय तह निर्वाचनको गठबन्धन सफल नभएको बताएका हुन्।उनले नवलपरासी, पाल्पा लगायत जिल्लामा पार्टीमै अन्तर्विरोध देखिएको बताए। यसको समीक्षा गर्न आवश्यक छु, उनले भने।उनले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदै टिके भ्रातृसंगठन नबनाउन आग्रह गरे। टिके अखिल क्रान्तिकारी, वाइसीएल नबनाऊँ । यिनले कामै गर्न सक्दैनन् उनले भने, यस्तो अवस्थामा पार्टीलाई पहिलो बनाउन सकिँदैन। यो तीतो सत्य हो।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६