हरि घिमिरे, १९ असार ।
बाणगंगा नगरपालिका वडा न. ८ ले दलित विद्यार्थीहरुका लागि साईकल प्रदान गरेको छ । वडा ले आईतवार एक कार्यक्रमको आयोजना गरेर १५ जना दलित बिद्यार्थीलाई साईकल प्रदान गरेको हो । वडा भित्रका सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई आवत जावतमा सहज होस भन्ने उदेश्यले साईकल प्रदान गरिएको वडा अध्यक्ष बाबुराम अर्यालले बताउनु भयो । त्यस्तै वडाले साईकल प्रदान गर्दा आफुहरु खुसि भएको विद्यार्थीहरुले बताएका छन् । त्यस्तै वडाले थारु समुदायको संस्कृती संरक्षण गर्ने उदेश्यका साथ थारु समुदायका अगुवाहरुलाई समग्री हस्तान्तरण गरेको छ । थारु संस्कृतीका चार वटा ढोलक, चार वटा मादल, लेहेङ्गा, धोति, सल प्रदान गरिएको हो । संस्कृती संरक्षणमा वडाले देखाएको भुमिका महत्वपुर्ण रहेको थारु अगुवाले बताए । सस्कृतीको संरक्षण गर्नु सबैको भुमिका रहेकाले वडाले सदैव सहयोग गर्ने अर्यालको भनाई छ । सामग्री हस्तान्तरणमा वडा सदस्यहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
१९ असार २०७९, आइतबार
प्रतिक्रिया