प्रदेश

साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइए, वामदेवलाई निष्कासन गर्ने ५ जना



काठमाण्डौ, १९ असार । नेकपा एकता राष्ट्रिय अभियानले संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ ।

गौतमको अध्यक्षतामा आज आइतवार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, मीननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले विज्ञप्तीि निकालेर जानकारी गराउनुभएको छ ।

अध्यक्षलाई निष्कासन गर्ने पाँच जनाले गरेका क्रियाकलाप आपत्तिजनक र अस्वीकार्य रहेको, उनीहरू सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो शनिवार नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलको बैठकले संयोजक वामदेव गौतममाथि पाँच बुँदे आरोप लगाउँदै निष्कासन गरेको थियो ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६