गुल्मी २० असार ।गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घर–घरमा पुग्न थालेको छ । समुन्नत नगरपालिकाको मुख्य आधारनै कृषि भएकाले कृषकको घर–घरमा पुगेर गुनासो सम्बोधन गर्न थालिएको नगर प्रमुख खिल्ध्वज पन्थीले बताए । नगरपालिकाको वडा नम्बर ११ र १२ मा मासु मिसन कार्यक्रमको लागि कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण गरिएको नगरप्रमुख पन्थीले बताए ।हस्तान्तरण कार्यक्रम बोल्दै नगरप्रमुख पन्थीले यो कार्यक्रम कृषकको लागि महत्वपूर्ण भएको बताए । नगरप्रमुख पन्थीका अनुसार आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा पनि कृषि पशुपालनलाई प्राथमिकता दिएको बताए । स्वरोजगारले बेरोजगार हटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ११ मा तील बहादुर बुचा र वडा नम्बर १२ मा नेत्र बस्नेतलाई उन्नत जातका पाडा हस्तान्तरण गरिएको छ । पाडा हस्तान्तरण गर्दै कृषकको साथमा नगरपालिका रहेकाले निर्धक्क भएर काम गर्न नगर प्रमुख पन्थीले आग्रह गरेका छन् । कषिमा आकर्षित र कृषकलाई उत्साहित बनाउनका लागि उत्कृष्ट काम गर्ने कृषकलाई पुरस्कार स्वरुप निब्र्याजी ऋण उपलब्ध गराउने उनको भनाइ थियो ।
२० असार २०७९, सोमबार
प्रतिक्रिया